गैंडाको खाग तस्करीको नाइके रहेको अभियोग लागेका प्रजा पक्राउ

| 2021 Jan 18 | 09:01 pm 2321

चितवन, माघ ५ः चितवन राष्ट्रिय निकुञ्जमा संचालित अपरेशन महाहण्टमा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईकेको साथै खाग लुटपाटमा समेत संलग्न रहेको अभियोगमा एक  जनालाई पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ शक्तिखोर निवासी ३२  वर्षीय तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । अपरेशन महाहण्ट अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.