एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2021 Jan 17 | 05:19 pm 6405

झापा, माघ ४ः जिल्लाको मेचीनगर नगरपालिका २ सगरमाथा चोकबाट  एपीएफ टोलीले करीव एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयर तथा किराना सामान र पानी तान्ने मोटर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १  बेल्ही स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय राजविराजमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.