सुनकाे सिक्री लुटेर भाग्दै गरेका तामाङ पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 17 | 01:25 pm 2597

काठमाडाैं, माघ ४ः एक महिलाकाे सुनकाे सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङ रहेका छन् ।

उनलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले एक महिलाकाे डेड ताेलाकाे सुनकाे सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायकाे सुनकाे सिक्रि लुटेराले तानेर फरार भएका थिए ।

प्रहरीलाई महिलाकाे सुनकाे सिक्रि लुटपाट भयाे भने सुचना प्राप्त गर्न साथ केही घण्टामै प्रहरीले सुनकाे सिक्रि लुटेर भाग्दै गर्दा  पक्राउ गरेकाे बताएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.