अमेरिकामा नव राष्ट्रपतिकाे सपथ ग्रहण जिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा

रिपोर्ट नेपाल | 2021 Jan 17 | 09:31 am 2593

एजेन्सी, माघ ४ः अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। राजधानी वासिंटन डिसीसहित ५० वटै राज्यमा कडा सुरक्षा व्यवस्था गरिएको हो। बाइडेनले अगामी बुधबार सपथ ग्रहण गर्दै छन्।

केही दिनअघि राष्ट्रपति ट्रम्प समर्थकहरुले संसद भवन क्यापिटोल हिलमा हिंस्रक आक्रमण गरेपछि त्यहाँ सत्ता हस्तान्तरणका क्रममा थप हिंसा भड्किन सक्ने अनुमानमा ठूलो संख्यामा नेशनल सेक्युरिटी गार्ड परिचालन गरिएको हो।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले समेत सुरक्षा खतरा रहेको प्रतिवेदन सार्वजनिक गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन्। एफबीआईले बाइडेनको सपथग्रहण अघि सबैजसो राज्यमा हतियारसहित प्रदर्शन हुन सक्ने सूचना प्राप्त भएको बताएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.