त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी, नुवाकोटमा विद्युत बन्द

| 2018 Jul 10 | 05:43 pm 2022

नुवाकोट, २६ असार : नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी भएको छ । जलविद्युत गृहबाट उत्पादन भएको विद्युत टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको ब्रेकरमा आगलागी भएको हो ।

आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

आगलागीबाट आर्थिक रुपमा ठूलो क्षति भए पनि प्राविधिक मुल्यांकनपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने विद्युत आयोजनाले जनाएको छ ।

विद्युत केन्द्रमा लागेको आगो करिब ४५ मिनेटपछि निभाइएको थियो । त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएपछि अहिले नुवाकोट जिल्लाभरको विद्युत अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.