आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट

रिपोर्ट नेपाल | 2021 Jan 10 | 07:32 am 1845

सप्तरी, पुस २६ः जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा शनिबार आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ ।

अचानक लागेको आगोले स्थानीय राजदेव सुतिहारको गाईगोठ पूर्ण रुपमा जलेको छ, भने छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक/एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत गरी १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परी सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

उक्त टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.