अवैध लागूऔषध चरेशसहित दुई जना पक्राउ

| 2021 Jan 08 | 04:41 pm 2649

काठमाडाैं, पुस २४ः अवैध लागूऔषधको कारोबार हुदैछ भन्ने गोप्य सूचना प्राप्त प्रश्चात महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ, तुल्सीपुर उप-महानगरपालिका ४ गाईघाटका २७ बर्षीय सुरज चौधरी र सल्यान, त्रिवेणी गाउँपालिका ७ लुहामका २४ बर्षीय कुमार विक रहेका छन् ।

महाशाखाकाे टाेलीले उनीहरूलाई शुक्रबार विहान कामनपा २६ मित्रनगर स्थित गेष्ट हाउसमा शंका लागि सोधपुछ तथा निजहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोला भित्र लुकाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३ किलाे लागूऔषध चरेश जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरेकाे महाशाखाले जानकारी दिएकाे हाे ।

प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धानको लागि परिसर, काठमाडाैं पठाईएको प्रवक्ता/सूचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.