संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ अर्को बुधबारसम्म स्थगित

रिपोर्ट नेपाल | 2021 Jan 06 | 05:47 pm 1381

काठमाडाैं, पुस २२ः संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ बुधबारको लागि स्थगित भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि सुनुवाइ स्थगन भएको हो ।

अब संसद विघटनविरुद्धको मुद्दाहरुमाथिको अर्को सुनुवाइ आउने बुधबार (पुष २९ गते) हुने भएको छ । वरिष्ठ अधिवक्ता शम्भू थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए ।

न्यायाधीश कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यस मुद्दा हेर्दा स्वार्थ बाझिने तर्क उनले गरेका थिए ।

आगामी बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुने र सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.