महेश सिंह सिरहा, पुस २२ः सिरहाको धनगढीमाई नगरपालिका १० की २२ वर्षीया जिबछी महतोकाे बिचल्ली भएको छ। दिपावली पर्व मनाई रहदा आफ्नै जिउमा आगो सल्केर घाइते भएकी हुन् ।
उनीकाे करिब ५ बर्ष अगाडि धनगढीमाई नगरपालिका १० का सुरेश महतोसंग मागी बिवाह भएको थियो। उनी अहिले अशक्त अबस्थामा रहेकी छिन् । अहिले जीबछीकी सानो काखे बच्चा छिन् ।

उनीकाे उपचारका लागि लहान स्थित रहेको लहान अस्पताल र सप्तषी अस्पतालमा उपचार गराउन ल्याईएको थिए । जिबछिकाे अवस्था यस्तो भएपछि श्रीमान सुरेश कुमार महतो र सासु – ससुराले समेत वास्ता नगरेको अवस्था रहेको छ ।
श्रीमान सुरेश महतो श्रीमती उपचारको लागि आर्थिक सहयोग माग्न गाउँ पुग्ने गरेका छन् । गाउँमा महतोलाई कसैले ऋण सापट नदिएको अबस्था रहेको छ। उपचारमा सहयोगको लागि कुशबाहा विद्यार्थी कल्याण समाज सिरहाका निबर्तामान अध्यक्ष मुकेश महतो, महिला मानव अधिकारकर्मी तथा समाजसेवी रिता महतोकाे पहलमा उपचारको लागि प्रवासी कुशबाहा कल्याण समाज दोहा कतारले ५३ हजार नेपाली रुपैया सहियोग गरेका छन् ।
सहयोगकै लागि लहान स्थित रहेको समग्र जनउत्थान केन्द्रले १० हजार सहयोग गरेका छन् । महताेकाे उपचारमा सहयोगका लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुमा मुक्ती नेपाल, ओरेक नेपाल एमनेसटी ईनटरनेशनलको बाबु रामसँग विभिन्न NGO र INGO हरु द्वारा अझै सहयोगको अपेक्षा भई रहेको बुझिएकाे छ ।
प्रबासी कुशबाहा कल्याण समाजका अध्यक्ष बिनोद कुशबाहा, कार्यकारी अध्यक्ष शिव कुमार महतो, उपाध्यक्ष शिब कुमार महतो मंहासचिव मनोज कुमार महतो, कोषाअध्यक्ष उमेश कुमार सिंह लगायत कुशवाहाहरुको एक समुहले सहयोग गरेका अध्यक्ष बिनोद कुशवाहाले जानकारी दिए । हाल घाइते जिबछिकाे उपचार सिरहा अस्पतालमा भईरहेको परिवारले जानकारी दिए ।