अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग

रिपोर्ट नेपाल | 2021 Jan 06 | 07:37 am 1489

काठमाडौं, पुस २२ः नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधानअनुसार संघीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।

टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्वपीडित शिक्षकहरुको पुनर्बहाली गर्नलगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.