खैराे हिराेइनसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 05 | 08:37 pm 3337

धनकुटा, पुस २१, अवैध लागूऔषध खैराे हिराेइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  धनकुटा नगरपालिका १ वस्ने २७ वर्षीय पेम्वा शेर्पा र छथरजोरपाटी गाँउपालिका २ वस्ने २२ वर्षीय फुर्वा शेर्पा रहेका छन् ।

उनीहरूलाई साेमबार दिनको १२:३० बजेको समयमा धनकुटा, छथरजोरपाटी गाँउपालिका २ स्थित कोशी लोकमार्गमा आवतजावत गर्ने सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा को ११ प ७७३१ नम्वरको मोटरसाईकल शंका लागि चेकजाँच गर्दा फेला पारी पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।

शरीरमा लुकाई छिपाई बोकी ल्याएको अवैध लागूऔषध खैरो हिरोइन फेला पारेपछि उनीहरुलाई पक्राउ गरी सम्मानित धनकुटा जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.