एकीकरण पदयात्रा कार्यक्रम शुभारम्भ

रिपोर्ट नेपाल | 2021 Jan 05 | 05:07 pm 3033

काठमाडाैं, पुस २१ः यही २०७७ पुस २७ गते २९९औं  “पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस” विविध कार्यक्रमहरु समावेश गरी मनाउन लागिएको सन्दर्भमा मंगलबारबाट २७ गतेसम्म गोर्खाली सेनाद्धारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखादेखि धादिङ्ग, नुवाकोट हुँदै काठमाडाैं जङ्गी अड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

No description available.

बिभिन्न स्थानहरुमा साँस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला ५ (पाँच) वटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ ।

No description available.

उक्त कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागीता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने बिश्वास नेपाली सेनाले लिएको छ ।

No description available.

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.