बेलायतमा कोरोना संक्रमित बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनकाे घाेषणा

रिपोर्ट नेपाल | 2021 Jan 05 | 08:17 am 1989

एजेन्सी, पुस २१ः बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनको घोषणा गरिएकाे छ । प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

भाइरसबाट संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि त्यहाँ पुनः लकडाउनको घोषणा गरिएको हो ।  प्रधानमन्त्री जोनसनले सकेसम्म नागरिकहरूलाइ घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । उनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्। उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइने समाचार एजेन्सीहरूले जनाएका छन् ।

हालसम्म अहिलेसम्म २७ लाखभन्दा बढी मानसिमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ७५ हजार संक्रमितको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.