काठमाडाैं, पुस २०ः संरक्षित वन्यजन्तु चरिबाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिन नगरपालिका ८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले कारवाहीको क्रममा काठमाडाैं टोखा नगरपालिका ७ धापासीबाट संरक्षित वन्यजन्तुको आखेटोपहार २ थान अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा सुनुवारलाई आइतबार पक्राउ गरेकाे ब्यूराेले जानकारी दिएकाे हाे ।
पक्राउ परेका सुनुवारलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडाै पठाईएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।