आगलागीबाट लाखाैंकाे क्षेती तथा लागूऔषधसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 01 | 12:39 pm 2833

सर्लाही, पुस १७ः शुक्रबार बिहान सर्लाहीकाे हरिबन नगरपालिका ११ स्थित बजारमा नगरपालिकाको सरकारी जग्गामा कठघेराहरु खडा गरी बस्ने मनोज साहको किनारा र कपडा पसल, मदन साह, तेज प्रसाद ढुङ्गेल र रबि दासको संगै जोडिएको किनारा पसलमा अचानक आगलागी भएको छ ।

आगलागी खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक अबधेश कुमार यादबको कमाण्डमा १५ जनाको टोली खटि गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्द र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

उक्त आगलागी बाट ४ वटा कठघरा र सामानहरु जल्दा ५० लाख  बराबरको क्षति भएको प्रहरीले अनुमान गरेकाे छ । आगलागिको कारण नखुलेको बताइएकाे छ ।

गाँजा सहित मानिस तथा मोटरसाइकल नियन्त्रणमा
सर्लाही लालबन्दी नगरपािलका १३ पत्थरकोट स्थित प्रहरी नायब निरीक्षक प्रदिप चौधरीको कमाण्डमा खटिएको गस्ति टोलिले मरिनबाट लालबन्दी तर्फ जाँदै गरेको ज ८ प २९५४ नम्बरकाे मोटरसाइकल रोकि चेकजाचँ गर्दा अवैध लागूऔषध गाँजा फेला परी पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक धनुषा वटेश्वर नगरपालिका ५ का २६ वर्षीय पवन महतो र पछाडि सवार १८ वर्षीय अजय कुमार यादव रहेका छन् ।

उनीहरूलाई  उक्त मोटरसाइकलको बिचमा रहेको कालो झोला र सेतो सिमेन्टको बोरा खोलि हेर्दा लागूऔषध गाँजा ५ किलाे रहेकोमा उक्त गाजाँ र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.