अपहरण तथा शरिर बन्धक मुद्दाका फरार अभियुक्त १२ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 30 | 04:50 pm 1737

काठमाडाैं, पुस १५ः २०६५ पुस १ गतेका दिन बाबुराजा रावललाई प्रल्हाद महत, बिष्णु जिसी, सोले/कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ्ग, बिनोद कार्की, अनिल गुरूङ्ग समेतले योजना बनाई अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ कराेड ५० लाख रुपैंया लिई निज बाबुराजा रावललाई २०६५ पुस २ गते गाडीमा राखी टोखा पुर्‍याई राती छोडी फरार रहेका प्रतिवादी सोले/कुमार भन्ने दुर्गा बहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट अपराध अनुसन्धान तथा रोकथामका लागि परिचालित प्रहरी टोलीले २०७७ पसु १४ गते इलाम जिल्लाको पशुपतिनगर स्थित भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरेकाे छ ।

पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैं पठाईएको व्यूराेले जानकारी दिएकाे हाे ।

त्यसैगरी बानेश्वर स्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरी पक्राउ उनी परेका २०६४ बैशाख २५ गते महानगरीय प्रहरी बृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार रही त्यस अघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु मोटरसाइकल चोरी, अमर टण्डन र उदय सेठ्ठीको समूहमा रही अपहरण तथा गुण्डागर्दी समेतमा संलग्न भई फरार रहोको र प्रहरीको खोजीमा रहेका निज हाल आफ्नो पहिचान समेत बदली “प्रकाश क्षेत्री” को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको खुल्न आएको जाइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.