सर्लाही, पुस १५ः बुधबार बिहान जिल्लाको मलंगवा नगरपालिका २ मा आगलागी भएको छ । आगलागी स्थानीय ४० वर्षीय रामवचन साह तेलीको कच्ची गोठ घरमा भएको हो ।
अचानक आगोलगी हुदाँ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगालगीमा परी भैंसी १, भैंसीको पाडो १, बाख्रा १ र बाख्राको पाठा २ वटा जलेर मरेको छ ।
जलेर नष्ट भएका पशुचौपायको अन्दाजी मुल्य ३ लाख ५० हजार बराबरको रहेको अनुमान गरिएको छ ।
उक्त आगो प्रहरी सहायक निरीक्ष राम एकवाल यादवको कमाण्डमा गएको १५ जनाको टोली, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जानकारी दिएको हो ।