नेपाली गीत लेखन गोष्ठी बेलायतमा

रिपोर्ट नेपाल | 2018 Jul 10 | 10:09 am 1814

काठमाडौँ, असार २६: भानुजयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले आइतबार गीत लेखन गोष्ठी सम्पन्न गरेको छ।

साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिनुभएको थियो । भानुजयन्तीका अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन तथा साहित्य महासङ्घ स्थापनाको आठौँ वार्षिकोत्सव मनाइँदैछ।

आदिकवि भानुभक्तका बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोल्नुभयो । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको जानकारी दिए।

साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले सम्मेलन सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गरे।
–––

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.