एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुईजना पक्राउ

| 2020 Dec 29 | 08:51 pm 1921

धनुषा, पुस १४ः  जिल्लाको नगराईन नगरपालिका २ जटही स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ७ लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

 लागूऔषधसहित एक पक्राउ
सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ११ का २७ वर्षीय उमेशकुमार साह रहेका छन् । को १४ प २५२९ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि
जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डिप्लेक्स डिसी २ बोलत फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बरियारपट्टि सिरहामा बुझाईएको छ ।

 चोरीपैठारीको सामान बरामद

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको १२ वटा मोवाईल सेट र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यानाथ बाहिनी मुख्याल कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

सालको गोलिया काठ बरामद 
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ६ स्थित उत्तरटोलबाट मंगलबार एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बौनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय कैलालीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.