बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

| 2020 Dec 29 | 06:17 pm 1893

काठमाडाैं, पुस १४ः काठमाडाैं महानगरपालिका ९ पुरानो वानेश्वर स्थित समानान्तर निर्माण सेवा प्रा.लि का निरोज कुमार थपलियाको बैकिङ् कसुर सम्बन्धी जाहेरी अनुसार कामनपा ९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का संचालक ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार सितापाइलाबाट पक्राउ गरेकाे छ ।

श्रेष्ठले कामाडाैं नागार्जुन नगरपालिका स्थित सितापाइला सडक खण्डमा Asphalt Paving Works कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आई.एम.ई बैक कान्तिपथ शाखाको रु १ कराेड ३६ लाख १० हजार २ सय ८८ रूपैयां बराबरको चेक दिई बैकिङ कसुर मुद्दामा फरार रहेका थिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सूचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.