लमजुङ, पुस १३ः साेमबार बिहान अज्ञात समूहद्वारा लमजुङ बेंसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । ग ८ प ९३३७ नम्बर भएकाे बोजबहादुर बरालको र ग ५ प १७४४ नम्बर भएको सूर्यनाथ बराललको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आगजनी भएको भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पुर्याएको जानकारी दिए ।
मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफलको भएको बताइएको छ ।