काठमाडौं, असार २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार विगतमा जुन थालमा खाएको थियो अहिले आएर त्यहि थालमा थुक्न थालेको आरोप लगाएका छन् ।
मंगलबार बिहान संचार माध्यमसंग कुरा गर्दै नेता कोइरालले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड र स्वास्थ्य मन्त्री उपेन्द्रजीले त्यही माइतीघर मण्डलालाई उपयोग गरेर सिंहदरबार छिरेको बिर्सिएको बताएका छन् ।
नेता कोइरालाले सरकारले बाहिर लोकप्रियताको कुरा गर्ने भित्रि सबै काम कारबाही निरंकुशता शैलीले गर्ने गरेको आरोप पनि लगाएका छन् । संस्कृत जस्तो पवित्र कार्यको विश्व सम्मेलनमा जान लागेको प्राज्ञीक व्यक्तित्वलाई अपराधिलाई जस्तै गरी प्रहरीलगाई प्रधानमन्त्री निवास पुर्याउनु भनेको अधिनायकवादको श्रृङ्खला भएको कोइरालाको भनाइ रहेको छ ।
उनले अगाडी भने सरकारका मन्त्रीहरु विधि, विद्यान र सिस्टम केहि नबुझि कोही प्रदुषण नाप्न हिड्छन त कोहि तरकारीको भाउ बुझ्न । तर दुर्भाग्यको कुरा प्रदुषण दिनपछि रात झनझन बढ्दै छ भने तरकारी महंगीले आकाश छुन लागेको छ ।
सरकारको रबैया हेर्दा बर्षमा एक दिन आउने गाईजात्रा यिनीहरुले दिनदिनै प्रदर्शन गर्न लागेको नेता कोइरालको भनाइ रहेको छ । प्रधानमन्त्री ओली समृद्धिका र विकासका जति बाहिर कुरा गर्छन त्यो भन्दा बढी मुलुकको बिनास गरेको आरोप पनि कोइरालाले लगाए ।