उत्तर कोरिया भ्रमणको निम्तो प्रचण्डलाई

| 2018 Jul 10 | 07:38 am 1811

काठमाडौं, असार २६: उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणका लागि निमन्त्रणा दिएको छ।

नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन्।

‘उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षको अवसरमा अध्यक्ष प्रचण्डलाई आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गर्नुभयो,’ प्रचण्डको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.