सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सक्कल कागजात माग

रिपोर्ट नेपाल | 2020 Dec 26 | 07:18 am 1633

काठमाडाैं, पुस ११ः सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सो सम्बन्धी कागजात माग्ने आदेश गरेको छ । संवैधानिक इजलसमा भएको सुनुवाइपछि विघटन गर्ने बारे सिफारिस र निर्णयको मन्त्रिपरिषद् र राष्ट्रपति कार्यालयबाट सक्कल प्रति मगाउने आदेश भएको हो । त्यसैले उक्त कागजात पुस १९ गतेभित्र पठाइसक्नुपर्ने आदेश पनि संवैधानिक इजलासबाट भएको छ ।

आदेशमा निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो सो सम्बन्धी कारण र आधार भए सो समेत खोली म्याद थमाउन नपाउने गरी पुस १९ गते सम्म महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश भएको छ । आदेशमा पुस २२ गतेदेखि निरन्तर सुनुवाइ हुने पनि अदेशमा उल्लेख छ ।  गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.