जिपले किच्दा भाेजपुरमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 25 | 01:10 pm 1849

भोजपुर, पुस १०: भोजपुर नगरपालिका–५ काउलेमा जिपले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही जिपका चालक ३८ वर्षीय प्रेमकुमार तामाङ रहेका छन् ।

शुक्रबार बिहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको जिपले किच्दा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर चालकलाई किचेको प्रहरीको भनाइ छ। तामाङको घटना स्थलमै मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.