कुटपिट अंगभंगमा आठ वर्ष कैद, तीन लाख जरिवाना

रिपोर्ट नेपाल | 2018 Jul 10 | 06:22 am 1828

धादिङ, असार २६: जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो ।

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए। एकबहादुरले २०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.