एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

| 2020 Dec 24 | 07:23 pm 2217

झापा, पुस ९ः जिल्लाको गौरीगंज गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले अवैध लागूऔषध लेबोरेप १९ वटा र नाईट्रोभेट ५ पत्तासहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगंजबाट खटिएको एपीएफ टोलीले मे ४ प ६४४५ नम्बरको मोटरसाईकलमा सवार २७ वर्षीय रोहित हुसेनलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज हुसेनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

चोरीपैठासीको सामान बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ बगाहा सेमरपानी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, ढोकामा लागाउने चुकुल र प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले बीआर ०५ के १५१२ र बीआर ०५ एफ ९६४३ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका ५ स्थित हर्नियाबाट बरामद गरेको हो ।

एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.