नक्कली परीक्षार्थी बनी इपीएस परीक्षा पास गराउने तामाङ पक्राउ

| 2020 Dec 24 | 04:52 pm 1865

काठमाडौं, पुस ९ः रामेछाप खाँडादेवी गाउँपालिका ८ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक पनौती नगरपालिका ७ नयाँ बस्ती बस्ने रोज बहादुर तामाङ समेतले कोरियन भाषाको इपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाखसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको थियो ।

प्राप्‍त सूचना अनुसार भक्तपुर सुर्यविनायक नगपालिका १० चितापोलबाट तामाङलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीमा पठाईएको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.