काठमाडौं, पुस ८ः मंगलबार काठमाडौं महानगरपालिका २३ कालीमाटी स्थायी वतन भएका विपिन मानन्धरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाडाैं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाएका थिए ।
अन्दाजी १५ लाख ७५ पचहत्तर हजार बरावरको विभिन्न कम्पनिका मोबाइलहरु थान १३, रेडिमेट कपडा (ज्याकेट, स्वीटर, सर्ट, पाइन्ट), मनि पर्स, कस्मेटिक सामानहरु अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी सामानहरु बरामद गरी बरामद सामानहरु सहित मानन्धरलाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको एयरपोर्ट प्रहरीले जानकारी दिएको हो।