१४ वर्षीया छोरीको विवाह गराउने अभिभावक पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 09 | 06:25 pm 4282

पर्सा, २५ असार :  १४ वर्षीया छोरीको विवाह गरी दिन लाग्दा एक अभिभावक पक्राउ परेका छन् । वीरगन्ज–१८ इनर्वा मनियारीका प्रवेशी साह कानु पक्राउ परेका हुन् ।

प्रवेशीलाई आइतबार साँझ घरबाटै पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जका प्रमुख प्रहरी निरीक्षक कुमार मैनालीले बताए ।
प्रवेशकी ८ कक्षामा पढदै गरेकी छोरी सन्ध्याको विवाह सोमबार पर्सागढी नगरपालिका जिग्ना हरपुरका हरिनारायण साह कानुका छोरा अजयसंग हुन लागेको थियो । प्रवेशीको छिमेकीले बाल विवाह गराई दिन लागेका सुचनामा प्रहरीले पक्राउ गरेको हो ।

‘बाल विवाह हुदै छ भन्ने सूचना प्रवेशीको छिमेकीहरुबाटै आएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली आइतबार साँझ खटिएको थियो,’ मैनालीले भने, ‘अब उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाउँछौं, उनी उपर सम्भवतस् बाल विवाह उद्योग मुद्दामा कारवाही चल्छ ।’ अभिभावकले छोरीको उमेर १८ वर्ष रहेको दाबी गरेका छन् । तर सन्ध्याको शारीरिक अवस्था हेर्दा उनको उमेर त्यति देखिंदैन ।

अजयको उमेर हाल २१ वर्ष बुझिएपनि यकिन भई नसकेको प्रनि मैनालीले बताए । कानूनतस् विवाह गर्ने केटा–केटीको उमेर २० वर्ष पुगेको हुनुपर्नेमा सन्ध्या बालिग नभएकाले उनका बावुलाई पक्राउ गर्नु परेको मैनाली बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.