काठमाडाैं, पुस ६ः सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ साेमबार तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको हो ।
तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे हो ।
चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।