काबुल कारबम विस्फोटमा परी आठको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 21 | 07:50 am 4111

काबुल (एजेन्सी), पुस ६: अफगानिस्तानको राजधानी काबुलमा भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन्। ​

आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना  आठ जनाको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताएका छन्।

सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन्। एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.