सर्लाहीकाे प्लाइ उधोगमा आगलागी

रिपोर्ट नेपाल | 2020 Dec 17 | 08:12 am 1792

सर्लाही, पुस २ः विद्युत सर्ट भएर बुधबार सदरमुकाम मलङ्वा ४ शिवसागर चौकमा रहेको जय बजरङ प्लाइ इन्ड्रस्टिजमा आगलागी भएको छ। आगलागीमा परी प्लाई बानाउन राखिएको कच्चापदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बेलुका ७ बजेदेखि लागेको आगोलाई अढाइ घन्टाको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगोलाई प्रहरी, सशस्त्र प्रहारी, नेपाली सेना, बारुण यन्त्र र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहारीले जनाएको छ। क्षतिको विवरण अहिलेसम्म आएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.