काठमाडौं, पुस १ः प्रतिबन्धित जिवित सुनगोहोरो तथा वन्यजन्तुको आखेटोपहार सहित एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका १ का ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुँरास नगरपालिका ४ का ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा दुबै जनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंक टोखा नगरपालिका २ चण्डेश्वरीबाट पक्राउ गरेको ब्यूरोले जानकारी दिएको हो ।
उनीहरूलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ, काठमाडौंमा बुझाईएको बताइएको छ ।