लेबनानमा तैनाथ शिवदल गण ६१औं डफ्फाको अदली बदली

रिपोर्ट नेपाल | 2020 Dec 14 | 09:04 pm 2079

काठमाडौं, मंसिर २९ः शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री शिवदल गण शाही सेना ६१औं डफ्फालाई बदली गर्नको लागि २०७७ मंसिर २८ गते प्रमुख सेनानी राजिव थापाको कमाण्डमा श्री बर्द बहादुर गण बैसठ्ठीऔं डफ्फाको २ सय १४ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

No description available.

सोही मिशनबाट आफ्नो कार्यकाल समाप्ती पश्चात सेनानी विशाल बहादुर शाहको कमाण्डमा २ सय १४ जना शान्ति
सैनिकहरुको टोली २०७७ मंसिर २९ गतेको नेपाल आईपुगेको छ ।

अदली बदली जम्मा ४ चरणमा सम्पन्न हुने र अन्तिम टोली २०७७ माघ १६ गते नेपाल फिर्ता हुने योजना रहेको छ ।

कोभिड १९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको व्यहोरा समेत जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.