विश्वभर ४ करोड ९६ लाख ८८ हजार ४३३ जनाले कोरोना जिते

रिपोर्ट नेपाल | 2020 Dec 12 | 08:34 am 2296

काठमाडाैं, मंसिर २७ः कोरोना महामारीका कारण विश्वभर संक्रमितकको संख्या ७ करोड १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ९९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यस्तै, ४ करोड ९६ लाख ८८ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । हाल विश्वभर २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन् भने तीमध्ये १ लाख ६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.