आठ दिनदेखि बेपत्ता थारुको शव फेला

रिपोर्ट नेपाल | 2020 Dec 11 | 12:52 pm 1710

बर्दिया, मंसिर २६ः आठ दिनदेखि बेपत्ता रहेका एक जनाकाे शव फेला परेकाे छ । फेला पर्नेमा राजापुर नगरपालिका–७ बेलासाका ६३ वर्षीय तुलसीराम थारु रहेका छन् ।

उनी मंसिर १८ गतेदेखि बेपत्ता रहेका थिए । थारुको मंसिर २५ गते घरदेखि २/३ किलोमिटर पश्चिमतिर खेतको सुख्खा कुलोमा शव फेला परेको हो।

बेपत्ता रहेका थारुको आफन्तहरुले खोजतलास गर्ने क्रममा शव फेला परेको हो। राजापुर ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.