६ वर्षीया बालिकाकाे हत्या गरेकाे अवस्थामा ओढारमा शव फेला

| 2020 Dec 09 | 09:34 am 2212

सुर्खेत, मंसिर २४ः गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा बुधबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बे’पत्ता भएकी थिइन् । उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभिभावक र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए । अपहरण गरी घटना गराएको आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.