मेलम्ची बाँध निर्माण अन्तिम चरणमा

| 2020 Dec 08 | 07:45 am 1813

काठमाडाैं, मंसिर २३ः मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेक बताए ।

बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उजले चाँडै सकिने बताए । केही समय अगाडि नै अस्थायी बाँध बनिसकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उनले बताए । बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिए ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । आयोजनाको काममा हाल कोरोनाको कारण समस्या नरहेको समेत उनले बताए । बाहिरबाट आउने कामदार निश्चित समय क्वारेनटाइनमा बस्ने गरी व्यवस्था गरेको प्रवक्ता पन्तले बताए ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोली अवको एक हप्ताभित्र आउने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनीहरु आएसँगै सुरुङ निरीक्षण पछि प्राविधिक टोलीले प्रतिवेदन दिने प्रवक्ता पन्तले बताए । उक्त प्रतिवेदनले ठीक छ भनेपछि पानी हालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताए । ड्याम निर्माणको काम अन्तिम चरण पुगेको बताउँदै उनले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.