समाजको बर्षौको संस्कारलाई बदल्दै सिन्दूर,पोतेसहित काजकिरियामा रेनुका

| 2020 Dec 07 | 09:12 am 3058

झापा मंसिर २२ : बैबाहिक जिबनमा बाधिदा पतिबाट लगाइएको सिन्दुर पोते चुरा श्रीमानको देहान्त पछि फाल्ने प्रचलनलाई झापाको विर्तामोड नगरपालिका, ८ की रेनुका नेपालले तोडिदिएकिछिन। ६१ बर्षीय श्रीमान् केशब नेपालको गत शनिबार निधन भएपछी घाटमा दाहसंस्कार गर्नु पूर्व चुरापोते फाल्न लगाएपछि उनले पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने अडान लिएर दाहसंस्कार पछि सेतो लुगामा घर फर्किएर काजक्रिया गरिरहेकी छिन।

मृगौला रोगका पिडित उनका श्रीमान केशब नेपाल पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करबाट घाइते भएपछि उनको मृगौलामा थप समस्या आएको थियो। नेपालको उपचारको क्रममा निधन भएपछि श्रीमानको जीवित रहदा ब्यक्त्त बिचारलाई आत्मसात गर्दै चुरापोते नफालेको श्रीमती रेनुका नेपालले बताएकी छिन। उनको यो कार्यलाई साहसिक र पुरानो कुसंस्कार बदल्ने क्रान्तिकारी कार्य भएको भनि सर्बत्र प्रशंसा गरिएको छ। रेनुकाले अहिले चुरापोते सहित सेतो पहिरहनमा काजक्रिया गरिरहेकी छिन।

रेनुकाको शाहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन्। विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडकाअध्यक्ष मोहन शिवाकोटीले दशकौ पछिको समाजको सोचलाई रेनुकाले आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, “यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईको अनुयायी हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.