रुपन्देही मंसिर २२ : जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार सहित एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लु.३९ प.४४५७ नम्वरको स्कुटरमा सवार श्याम कुमार वानियालाई चेकजाच गर्दा उक्त्त रकम फेला परेको हो।
प्रहरीले ५ सय दरको नोट १ हजार २ सय ३० थानको ६ लाख १५ हजार १ हजार दरको नोट १ हजार ३५ थान गरि जम्मा १६,लाख ५० पचास हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताए ।
प्रहरीले वानियालाई वरामद नगद रकम सहित आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्वम कार्यालय पठाएको जनाएको छ ।