पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुग्यो

रिपोर्ट नेपाल | 2020 Dec 06 | 04:46 pm 1928

काठमाडौँ मंसिर २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

मन्त्रालयका अनुसार आज ६हजार ४ सय ९५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ९६ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये ४ सय ८४ जना काठमाडौं उपत्यकाका हुन्। जसमा काठमाडौँका ३ सय ५१ जना, भक्तपुरका ५९ जना र ललितपुरका ७४ जना रहेका छन्।

अहिले सम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख ४० हजार ९ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.