काठमाडौँ मंसिर २१ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान उपाध्यक्ष बामदेब गौतमको पुरानो तस्बिर आफ्नो फेसबुकवालमा पोस्ट गरेपछि उनि यतिखेर चौतर्फी आलोचित बनेका छन। प्रेस सल्लाकार थापाको कार्यशैली प्रति शनिबारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यबाही गर्न माग गर्दै प्रेस सल्लाकार थापाले उक्त्त फोटो पोस्ट गरेका थिए।
फोटो सामाजिक संजालमा आए लगत्तै उपाध्यक्ष बामदेब गौतमका स्वकीय सचिब तथा नेकपाका लुम्बिनी प्रदेश कमिटि सदस्य विजय विराज बिष्टको ले प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापालाई श्री ६ को पगरी गुथाई दिएका छन। बिष्टले आफ्नो फेसबुक वालमा थापालाई निर्वाचनको समयमा मतदान गर्न समेत नगएको आरोप लगाएका छन। यस्तो छ बिष्टको सामाजिक संजालमा पोस्ट विचार।
पार्टीका नेता र नेतृत्वको सधैभरी अपमान गर्ने, निर्वाचनमा पार्टीलाई हराउन को निम्ति सक्रिय भूमिका खेल्ने, जिल्लाका संस्थापक नेता देखी वर्तमान नेतृत्वलाई समेत ऊछिताे काट्ने, स्थानीय तहदेखि केन्द्रीय नेतृत्वको विरुद्धमा उत्रने, पार्टी निर्माणमा सुन्य भूमिका भएका अरुलाई अपमान बाहेक अरु खेतीपाती नजानेका आम निर्वाचनमा मतदानका लागि आफ्नो जिल्ला समेत नगएका काठमाडौँ निवासी बालुवाटारको नियुक्तिले आँखा दिमाग र होस गुमाएका श्री ६ माहाराज तिम्रो अहंकारले तिम्रो दशा र दिशा बदलिनेछ भन्ने विश्वास लिएको छु।।