कटुवा पेस्तोल र गोली सहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 05 | 04:48 pm 2346

मोरङ, मंसिर २० : सुनबर्सी नगरपालिका-५ झुगी चोक बस्ने ४१ वर्षीय राजकुमार मण्डललाई १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १९ हजार ३ सय २५ रुपैयाँ नगद र २ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कम्मरमा लुकाई राखेको उक्त हतियार फेला पारी मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.