काठमाडौं मंसिर २० : पछिल्लो समय देशका विभिन्न ठाउमा राजसंस्थाको पुनस्थापनाको शभा र जुलुस गर्दै काठमाडौंमा प्रदर्शन भएका छन। पर्यटकीय नगरी पोखरा बाट सुरु भएको मोटर साईकल जुलुस आज शनिबार काठमाडौको माईतिघर मण्डला देखि नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
पृथ्वीनारायण शाहको तस्वीर र नेपालको राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राजसंस्थाको स्थापना, नेपालको संविधान र धर्म निरपेक्षता खारेज गर्नुपर्ने, नागरिक सरकार गठन गर्नुपर्ने लगाएतका नारा लगाएका थिए। गृहमन्त्रालयले राजसंथाका पक्षमा देश ब्यापी कार्यक्रम गर्न लागेपछि ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सभाजुलुस नगर्न निर्देशन दिएको थियो।
गृहको निर्देशनलाइ चुनौती दिदै चितवनमा पनि कार्यकर्म भएको बुझिएको छ।