पछिल्लो २४ घण्टामा १३ सय ४३ मा कोरोना संक्रमण

| 2020 Dec 03 | 05:17 pm 2846

काठमाडौं मंसिर १८ : नेपालमा २४ घण्टा भित्रमा १ हजार ३ सय ४३ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार देशभरै थपिएका १ हजार ३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४ सय ८९ पुगेको छ।

१५ हजार ७ सय ६६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बिहीबार २ हजार १ सय ११ जना डिस्चार्ज भएको जनाइएको छ । योसहित कोरोनालाई जितेर निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको बताइएको छ ।

कोरोनाबाट बिहिबार थप १३ जनाको मृत्यु भएको र हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.