काठमाडौं, असार २५: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृ शोक परेको छ।
सोमबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा खनालका पिता डा. टीकाराम शर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
यसका साथै शर्माको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ। शर्माका दुई श्रीमति, तीन छोरा र एक छोरी छन्।
वि. सं. १९९८ मा जन्मिएका शर्मा चार वर्षदेखि मृगौलाबाट पीडित थिए। शर्माले वि.सं. २०३६ सालमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भइ सरकारी सेवामा प्रवेश गरेका थिए भने सिरहाको सिडिओ हुँदै अवकास लिएका थिए।
