वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखा कांग्रेसले निकाल्यो बिरोध जुलुस

| 2020 Dec 03 | 04:45 pm 2295

दोलखा मंसिर १८ : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले विरोधसभा गर्दै नारा जुलुससहित आन्दोलित भएको छ ।

सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित आन्दोलित भएको हो । सदरमुकाम चरिकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सरकार‍विरुद्ध नाराबाजी गर्दै जुलुस निकालिएको थियो ।

सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले भ्रस्ट र अधिनायकवादी जगमा उभिएको सरकारको यो घटना प्रति विरोध गरेको थियो। सातदोबाटोमा आयोजित कोणसभामा कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।

सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको उक्त्त कोण सभामा बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.