क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

| 2020 Dec 03 | 11:45 am 1717

काठमाडौँ मंसिर १८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रिय कार्यालयमा पठाउन जिल्ला समितिलाई निर्देशन दिएको छ ।

कांग्रेसको कात्तिक २८ गतेबसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन भनिएको छ । केन्द्रको परिपत्रको जिल्ला कार्यसमितिले सबै प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो संख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । नेकाको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.