सरकार इतिहासकै भ्रष्ट भएको नेता सिंहकाे आरोप

| 2020 Nov 28 | 01:40 pm 1793

काठमाडौँ, मंसिर १३: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रतिनिधी सभाका सांसद प्रकाशमान सिंहले सरकार समक्ष संसदको अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नपाएको उनको भनाइ छ ।

नागार्जुन नगरपालिकाले सुरु गरेको अग्निसमन यन्त्र वितरण कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग विशेष माग गरेका छन् ।

‘बजेट अधिवेशन, सत्ता जोगाउनका लागी विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो’ नेता सिंहले भने, ‘अब संसदको अधिवेशन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ ।’

जनप्रतिनिधिहरुले जनताका समस्याहरु र सरकारका कमिकमजोरीहरू संसदमा उठाएर सरकारलाई सहि बाटो तिर ल्याउन बाध्य बनाउनतिर लाग्नुपर्ने उनको भनाइ रहेको थियाे । लामो समय देखि रिक्त रहेको उपसभामुखको चयन गर्न नसक्नु सरकारको नालायकीपन भएको भन्दै नेता सिंहले तत्काल संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्ट हेर्दा यो सरकार इतिहासकै भ्रष्ट भएको पनि नेता सिंहले बताए ।

‘यो कुरा ट्रान्सपरेन्सी इन्टनेशनल, जनताले , प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र नभनेर, नेकपाको एउटा अध्यक्षले अर्को अध्यक्षलाई भ्रष्टाचार गरेको आरोप लगाउनु नै त्यसको प्रमाण भएको नेता सिंहको भनाइ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.